Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

कुमारी बैंकका ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

कुमारी बैंकका ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम


  • शुक्रबार, मंसिर २९ २०८०
  • 286
    SHARES

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियमदर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागु हुने गरी कर्जाको प्रिमियमदरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागु गर्ने बैंकले जानकारी दिएको छ ।

    यो नयाँ दरफोन लोन र क्रेडिट कार्ड बाहेक यसबैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरू उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागु हुने जानकारी दिइएको छ ।

    कुमारी बैंकले ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको पनि जानकारी दिइएको छ । कुमारी बैंकले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरू र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकूल विभिन्न योजनाहरू प्रवर्धन गर्ने गरेको बताइएको छ ।

    कुमारी बैंकले देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

    प्रकाशित : शुक्रबार, २९ मंसिर २०८० , ०५:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend