Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात


  • आइतबार, पुष ८ २०८०
  • 962
    SHARES

    काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

    भन्सार विभागका अनुसार पेट्रोलियम आयात कुल निर्यातभन्दा ४१ अर्ब तीन करोड ४९ लाख ६३ अर्ब रुपैयाँ बढी छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले पाँच महिना (साउन–मंसिर)मा एक खर्ब चार अर्ब २४ करोड २३ लाख ९८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

    जबकि नेपालको पाँच महिनाको कुल निर्यात ६३ अर्ब मात्र छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको कुल निर्यात गरेको छ ।

    चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ करोड ८२ लाखको पेट्रोल, २० अर्ब ६५ करोड ५८ लाख ३० हजारको खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ । यस्तै, ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजारको डिजेल र एक अर्ब १२ करोड ४५ लाख ९३ हजार रुपैयाँको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ ।

    सरकाले पेट्रोलियम पदार्थबाट मात्र ४० अर्ब ४५ करोड ९८ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    प्रकाशित : आइतबार, ८ पुष २०८० , ०६:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend