सम्पादकीय । पछिल्लो समय नेपाली कलाकार र राजनीतिज्ञहरू आध्यात्मतर्फ आकर्षित हुँदै गएका छन्। विशेषगरी सम्बन्ध विच्छेदपछि धेरै सेलिब्रेटीहरू ओशो सन्यासी बन्दै आएका छन्। ओशोमा आबद्ध भएका साथीले साथीलाई, छिमेकीले छिमेकीलाई, आफन्तले आफन्तलाई ओशोमै लाग्न सल्लाह दिइरहेको पाइन थालेको छ ।
अभिनेत्री शिल्पा पोखरेल यसैको पछिल्लो उदाहरण हुन्। निर्देशक छविराज ओझासँग सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया टुंगिएपछि उनले ओशो तपोवन पुगेर ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन्। अब उनलाई ‘माँ प्रेमा हाँस्या’ नामले चिनिनेछ।
त्यस्तै, गायिका एलिना चौहानले पनि ओशो सन्यास ग्रहण गरेकी छन्। ‘धोकेबाज हौ तिमी’ गीतबाट चर्चामा आएकी उनले विवाह टुंगिनासाथ ओशो तपोवनमा सन्यास लिएकी थिइन्। उनको सन्यासी नाम ‘माँ शिव प्रिया’ राखिएको छ।
ओशो दर्शनमा गृहस्थ जीवन र सन्यासी जीवनलाई एकसाथ अगाडि बढाउन सकिन्छ भन्ने मान्यता छ। सम्भवतः यही कारण पछिल्लो समय राजनीतिज्ञहरू पनि ओशो सन्यासतर्फ आकर्षित भएका छन्। प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि ओशो सन्यास लिएका छन्। शर्मा ‘आनन्द मैत्रय’ नामले चिनिने छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ओशो सन्यासको मार्ग रोजेका छन्। कलाकारहरू केकी अधिकारी, बेनिशा हमाल, शोभिता सिम्खडा, अभिनेत्री नम्रता सापकोटा, र अन्य थुप्रै सेलिब्रेटीहरू ओशो सन्यास ग्रहण गरिसकेका छन्।
विशेषगरी मानसिक शान्ति, आध्यात्मिक आनन्द, र प्रेमपूर्ण वातावरणको खोजीमा धेरैजसो व्यक्तिहरू ओशो सन्यासको मार्ग रोज्दै गएका छन्। समाजमा ओशो दर्शनको प्रभाव विस्तार हुँदै जानु नेपाली कलाक्षेत्र तथा राजनीतिमा आध्यात्मिक सोच बढ्दै गएको संकेत हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
