
निर्दाेष पशुको हत्या गरेर होइन आफू भित्रको दानव स्वभावको बलि दिएर धर्म हुन्छ ।

महान चाड बडादशैंको ‘नवरात्रि पर्व’ आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिनलाई “घटस्थापना” भनिन्छ जुन असोज महिनाको चन्द्रमाको शुक्ल प्रतिपदाको पहिलो दिनमा पर्छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार दियो (तेल बालेको दियो), कलस (शुभ भाँडो) र भगवान गणेशको पूजा गर्छन् र माटो र गाईको गोबरले भरिएको भाँडोमा जमराका लागि मकै र जौको बीउ छरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति अनुसार घटस्थापनाको शुभसाइत आज बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । हनुमानढोका दशैं घरमा पनि आज वैदिक विधि अनुसार शुभ “जमरा” को अंकुरण आरम्भ गरिएको छ ।
‘जमरा’ को अंकुरण शुरु गर्दा पशुबलि दिने चलन पनि छ । धेरै विश्लेषक एवं विद्ववानहरुले बलिप्रथालाई प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिदै आएका छन् । माँ दुर्गाको भक्ति, पूजाआजामा समर्पण भावले मानिस भित्र रहेको पशुता अर्थात् पशुतुल्य स्वभावको त्याग नै बलि हो भनिएको छ न कि निर्दाेष पशुको हत्या । हाम्रा पुर्खाहरुले केही कुराको अभ्यासलाई वैज्ञानिक ढंगबाट प्रचलनमा ल्याएका थिए तर पछिल्लो पुस्ताले त्यसको अन्य अर्थ लगाउँदै फरक खालको क्रूर, अनैतिक र अमानवीय व्यवहारलाई नै धर्म भनी बुझेका छन् । मानव सृष्टिकै सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो जसको उत्तरदायित्व भित्र सम्पूर्ण पशु, पंक्षी, बोट विरुवा लगायतका वातावरणको संरक्षण र सुरक्षा प्राथमिकतामा पर्नुपर्दछ । परन्तु स्थिति नितान्त फरक छ । प्रकृतिको दोहन गरेर , निर्दाेष पशु पंक्षी माथि अत्याचार अन्याय गरेर त्यसलाई धर्मसँग जोडिनु बुद्धिमता हुन सक्दैन ।

आज नवरात्रि प्रारम्भ भएको दिन दशैँघरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । बडादशैंको दिन आमाबुवाले आफ्ना छोराछोरीलाई र जेष्ठले आफ्ना छोराछोरीलाई जमरा र शुभ टिका शान्ति, समृद्धि र सुखको आशीर्वादका साथ दिन्छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारी अनुसार यस वर्ष टीका ग्रहणको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
आज शक्तिकी देवी दुर्गा भवानीको पूजा आराधना गरिन्छ । दानवहरूको अत्याचारले मानव मात्र होइन देवताहरू पनि दुःखी भएको पुराणमा उल्लेख छ । त्यसपछि देवताहरू ब्रह्माकहाँ गए र समाधान मागे। तब ब्रह्माले भने राक्षस दैत्यराजलाई कुमारी कन्याले मात्रै वध गर्न सक्छिन् । यसपछि ब्रह्मा, विष्णु, महेश लगायत सबै देवताहरूले आफ्नो शक्ति एक ठाउँमा केन्द्रित गरे र त्यही शक्तिबाट देवी दुर्गा भवानीको जन्म भयो। उनै दुर्गा भवानीले असुर, दैत्यहरुको संहार गर्नुभयो ।
दुर्गा भवानीले दैत्यहरुको संहार त गर्नुभयो, ती दानवहरु समाप्त भए तर प्रत्येक मानिसमा तिनै दानवहरुको बास छ । अर्थात् आजभोलि मानिसहरुको दानव स्वभाव भएको छ । यही दानव स्वभावको त्याग गरिनु पर्दछ अर्थात् दानव स्वभावको बलि दिइनु पर्दछ भनेर हाम्रा धर्म शास्त्र, पुराण, पुर्खाहरुले निर्देशन दिएका छन् जसको अक्षरशः पालन गर्नु मानव जातिको कर्तव्य हो ।
नवदुर्गा सनातन धर्ममा, देवी दुर्गा, जसलाई आदिशक्ति जगत जननी जगदम्बा पनि भनिन्छ, देवी दुर्गाका नौ मुख्य रूपहरू छन्, जसको विशेष पूजा गरी नवरात्रि र अन्य समयमा भक्ति गरिन्छ। यी नौ दुर्गा देवीहरूलाई पाप पाप नाशिनी (नाश गर्ने) भनिन्छ, प्रत्येक देवीसँग फरक-फरक सवारी साधन, हतियार छन् तर ती सबै एउटै हुन् र शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री सबै परम देवी दुर्गाबाट प्रकट भएका हुन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
