Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

खुट्टा छोएर प्रणाम गर्नुको वैज्ञानिक आधार

खुट्टा छोएर प्रणाम गर्नुको वैज्ञानिक आधार


  • शनिबार, कार्तिक २५ २०८०
  • 936
    SHARES

    कार्तिक २४, बुटवल । नमस्ते, नमस्कार र चरण स्पर्श गर्नु हामी सनातनीहरुको मौलिक संस्कार हो । नमस्ते आफ्नो बराबरीका व्यक्तिलाई गरिन्छ भने नमस्कार आफूभन्दा अग्रज व्यक्तिलाई गरिन्छ । नमस्ते जहिले नि दुवै हातका औंला, औँलाका टुप्पा र हत्केला जोडेर गर्नुपर्दछ, बल्ल त्यस्को आध्यात्मिक र वैज्ञानिक दुईटै प्रभाव मिल्छ । तर आजभोलि जुनै व्यक्तिलाई पनि नमस्ते भन्ने संस्कारको विकास भइसकेको छ न कि नमस्ते गर्ने जुन मुख्य रुपमा अज्ञानताको कारणले हो भने अर्काे कारण सम्भवतः नमस्कारभन्दा नमस्ते छोटो र सजिलो हुन्छ उच्चारण गर्न । नमस्ते वा नमस्कार भन्दाको क्रममा वर्तमान समयमा मनोभाव र शारीरिक मुद्रालाई महत्व दिइदैन ।

    त्यस्तै चरण स्पर्श (प्रणाम) को सवालमा पनि हामीमा पूर्ण जानकारी छैन । हामीलाई सानैदेखि सिकाइएको हुन्छ कि मातापिता, हजुरबुवा, हजुरआमा र त्यस्तै अन्य मान्यजन एवं गुरुजनलाई ढोग्नु पर्दछ भनेर । त्यही सिकाइएको पाठ अनुसार पहिचान गरेर हामी ढोग्नयोग्य व्यक्तिहरुलाई ढोग्छौं, चरण स्पर्श गर्छाैं । चरण स्पर्शको पछाडि वैज्ञानिक र आध्यात्मिक कारण रहेको हुन्छ । चरण स्पर्श प्रक्रियामा चरण छुने व्यक्तिलाई ठूलो लाभ हुने मान्यता छ । विशेषगरी दिनको शुरुवात हुनुअघि, कुनै मान्यजनलाई भेट्दा र लामो यात्रा, युद्ध, परीक्षा, प्रतियोगिता आदिको समयमा हामी मान्यजनको खुट्टा अवश्य स्पर्श गरेर मात्र उक्त कार्यहरुको शुभारम्भतर्फ लागेका हुन्छौं ।
    सनातन संस्कृतिमा नमस्ते, नमस्कार र खुट्टा छुनु वा चरण स्पर्श गर्नुलाई संस्कार मानिन्छ । तर आजकल नमस्ते, नमस्कार भन्नु, खुट्टा छुनु चम्चागिरिको संस्कार बनेको छ ।

    खुट्टा छुने वैज्ञानिक आधार

    मानवमा अनेकौं अनुभवहरु स्मृति बनेर संचित रहेको हुन्छ । त्यस अनुभवसँग मेल खाने परिस्थिति आइपरेमा, मानव मस्तिष्कमा संचित रहेको अनुभव सम्बन्धित स्मृति तुरुन्त सक्रिय भइ शब्दको रुपमा मुखरति हुन्छ वा व्यवहारको रुपमा चरितार्थ । त्यसैगरि चरण स्पर्श गर्दा एक पुण्यात्मामा संचित रहेको सदगुण वा शक्ति आशीर्वाद बनेर अर्काे आत्मामा ट्रान्सफर हुन्छ । हाम्रो शरीरमा दुई ध्रुवहरू छन्, उत्तर र दक्षिण। टाउको उत्तरी ध्रुव हो र खुट्टा दक्षिण ध्रुव हो। यदि हामीले कसैको खुट्टा छोयौं भने हाम्रो उत्तरी ध्रुव अग्रज व्यक्तिको दक्षिण ध्रुवसँग मिल्छ। यस्तो अवस्थामा अग्रज व्यक्तिको संस्कार, गुण, स्वभाव चुम्बकीय आधारमा हाम्रो मनमा स्वतः प्रवेश गर्छ।

    यसै सिद्धान्तमा हामीले आमाको खुट्टा छुन्छौं भने आमाको चित्तको गुण स्वभाव हामीमा आउँछ । यदि माता देवी कौशल्या जस्तै हुनुहुन्छ भने राम्रा गुणहरु हामीमा अवश्य आउँछन्।

    यदि आमा मांसाहारी, मदिरा वा जुवाडे हुन् , हामीले उनको खुट्टा छोयौं र उनको जीवनमा उनले (आमाले) ५०० वटा खसी र १००० वटा कुखुराको मासु खाएकी छिन् भने उनको मांसाहारी गुण वा छाप सन्तान भित्र पनि आउँछ। यदि कुनै महिला वा पुरुष स्वभावैले चरित्रहीन  छन् भने उनको सन्तानमा चरण स्पर्शको माध्यमबाट त्यो खराब स्वभावको छाप हस्तान्तरण भइ छोड्छ ।

    हाम्रो सनातनी संस्कृतिको मूल्यमान्यताले सद्गुणी अभिभावक, तत्त्वज्ञानी र उच्चपदस्थ गुरुको मात्र पाउँ ​​छुनुपर्छ भनिन्छ । भक्त प्रह्लादले कहिल्यै आफ्ना पिता हिरण्यकश्यपको खुट्टा छोएका थिएनन्, योगी राजा नचिकेताले आफ्ना पिता वाजश्रवाको खुट्टा कहिल्यै छुनुभएन र दानवीर कर्णले आफ्नी जननी कुन्ती हुन् भन्ने थाहा पाएपछि पनि आमा कुन्तीको खुट्टा कहिल्यै छुनुभएन।

    नमस्ते, नमस्कार वा चरण स्पर्श एक आत्माले अर्काे आत्मालाई साक्षात परामात्मा स्वरुप मान्दै व्यक्त गरिएको प्रेम भाव, भक्ति भाव तथा समर्पण भाव पनि हो । किनकि एक जड तथा अचेतन भौतिक शरीरले त्यस्तै अर्काे भौतिक शरीरलाई नमस्ते, नमस्कार गरेर वा खुट्टा ढोगेर लाभ छैन । यसरी हेर्दा नमस्ते, नमस्कार र चरण स्पर्श सनातनी संस्कार मात्रै नभइ असल आत्मामा भएका सकारात्मक गुण, स्वभाव आफूभित्र (आत्मा भित्र) ट्रान्सफर गर्ने सशक्त माध्यम पनि हो । मांसाहारीको खुट्टा छोयो भने अवश्य पनि तपाईको संस्कार अपवित्र हुन्छ। दुराचारी, भ्रष्टाचारी, बलात्कारी तथा मनोकल्पित जातीय विभेदको आधारमा हेपाहा दृष्टि राख्नेवालाको घरमा भोजन गर्दा वा त्यस्ताको संगत मात्रै गर्दा पनि संस्कार पापी बनी जान्छ। तत्व ज्ञान नभएका जसले छुवाछुत तथा जातीय भेदभाव गर्छन् , पशु बली दिन्छन्, पशु, पंक्षी वा मानव माथि अन्याय अत्याचार गर्छन्,  मास भक्षण गर्छन्, परस्त्री वा परपुरुष गमन गर्छन् अथवा पराइ धन सम्पत्तिमाथि आँखा लाउँछन् उनीहरुको सानिध्यताले पनि खराब संस्कार अंकुरित हुन थाल्छन् ।

    प्रकाशित : शनिबार, २५ कार्तिक २०८० , ०७:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend