Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

ज्ञानी मानिस अधिकार, सम्पन्नता र सफलता पाएर मात्दैन, मात्यो भने लामो समय बाँच्दैन

ज्ञानी मानिस अधिकार, सम्पन्नता र सफलता पाएर मात्दैन, मात्यो भने लामो समय बाँच्दैन


  • शुक्रबार, पुष १३ २०८०
  • 377
    SHARES

    कुनै पनि राजनीतिक दलले देश र जनताको समृद्धिका लागि काम गरेको हुनुपर्दछ । देशमा शान्ति, अमन, चैन, एकता, अखण्डता, राष्ट्रियता, स्वाभिमान, रोजगार, सुरक्षा आदिको प्रत्याभूति दिनसक्नु नै सफल राज्य प्रणालीको निसानी हो ।

    जुनसुकै शासन व्यवस्था किन नहोस्, सकारात्मक नियत र निस्वार्थ भाव बिनाका शासकहरु भएको देशले विकासको बाटोमा ठूलो सफलता हासिल गर्न सक्तैन बरु जनताको उन्नति प्राप्तिमा तगारो बन्छ । अदूरदर्शी र अहँकारी शासकयुक्त देशमा विकासका पूर्वाधारहरु सबै खेर जान्छन् । नेपाल जस्तो मुलुकलाई भ्रम छर्ने खोक्रा भाषणको होइन परिणाममुखी शासनको आवश्यकता छ । यो कुरालाई न त नेताले बुझे न जनताले । जनता, जनता नभइ कार्यकर्ता बनी दिंदाको समस्या हो देशमा विद्यमान आजको दुःखदायी परिस्थिति । जनताको गरिबीलाई भाषण दिने नेताहरुले खोक्रो र आडम्बरयुक्त राजनीति गर्नका लागि अवसरको रुपमा प्रयोगमा ल्याएका छन् । अहिले धर्मनिर्पेक्ष देश हो नेपाल भन्दै आफूखुशी धर्मको परिभाषा पस्कदैँ जथाभावी भट्याउन व्यस्त छन् नेता र मन्त्रीहरु ।

    सम्प्रदाय र पन्थलाई नै धर्म मान्नेहरुले राष्ट्र–धर्म, मानव–धर्म र सनातन धर्मलाई समेत लत्याउन पाउँदा बुर्कुसी लाइरहेका छन् । यसरी बुर्कुसी लाउनुको पछाडि धर्मप्रतिको अज्ञान मात्रै नभई आफू अयोग्य हुनुका बावजुद सत्तामा स्थान पाउनु अर्काे कारण हुनसक्छ । नेता मात्रै अज्ञानको भ्रममा परेका छैनन्, स्वघोषित धर्मगुरु जसले हिन्दू धर्म भन्दै साधारण नागरिकहरुमाझ प्रचार प्रवचन गर्दै छन् उनीहरुसमेत भारी संख्यामा दिग्भ्रमित देखिन्छन् । हिन्दूलाई धर्म मानेर हिन्दू धर्मको राग फ्लाक्नेहरुले बौद्ध, मुस्लिम, इसाई, सिख आदि सम्प्रदाय पनि यही वतनमा पुस्तौंपुस्तादेखि बसोबास गर्दछन् भन्ने तथ्य बिर्सिदै विशाल जनसमुदायको आस्थालाई नै अपहेलना गर्न उतारु बनेको बुझ्न कठिन छैन । राज्यमा बस्ने मान्छेको धर्म हुँदैन भन्नेहरुले कस्तो शासन व्यवस्था चलाउँछन् धर्मको मर्म बुझ्नेलाई मात्र थाहा हुने कुरा हो ।

    https://youtu.be/O-LngTiiKH4

    यस्तो नहोस् तर, मात्र उदाहरण स्वरुप राख्दै छु, एकछिन्लाई मानिलिउँ, हिन्दू समुदाय र मुस्लिम समुदायबीच मारामार काटाकाट भयो भने यिनीहरु (हिन्दू/मुस्लिम) सम्प्रदाय भएकै कारणले यसलाई साम्प्रदायिक दंगा नै भनिन्छ धार्मिक युद्ध भनिदैन । बहुधर्म हुँदैन, बहुसम्प्रदाय चाहीँ हुन्छ ।

    धर्मान्तरणको विषय पनि अहिले निकै चर्चामा छ । परेमेश्वरको नाममा सन्देश फैलाउने इसाईहरु विरुद्ध हिन्दू सम्प्रदायका मानिसहरुले धर्म परिवर्तन गर्ने जत्था भन्दै उनीहरुको आत्मसम्मान र स्वाभिमानमाथि चोटिलो प्रहार गर्दैछन् । मन्दिर सामु चर्च बनाउन नहुने तर्कका धनीहरु वास्तवमा प्रज्ञाका कति दरिद्र रहेछन् भन्ने कुराको पुष्टि गरिरहेको छ । यथार्थमा धर्म परिवर्तन हुनसक्तैन, परिवर्तन हुने त सम्प्रदाय, पन्थ वा जीवन पद्धति हो । दृष्टान्त स्वरुप भन्ने हो भने अग्नीको धर्म उष्णता प्रदान गर्नु हो भने जलको धर्म शितलता दिनु हो । यदि यसको विपरीत हुन्छ अर्थात् जलले अग्नीको कार्य र अग्नीले जलको कार्य गर्छ भने त्यसलाई धर्म परिवर्तन भन्न सकिन्छ । ‘धर्म परिवर्तन सम्भव नै छै न। मानिसको स्थूल (भौतिक) र सूक्ष्म (अभौतिक) शरीर हुन्छ । आत्मा अभौतिक शरीर हो जसले आफ्नै गुण विशेषताहरु धारण गरेको हुन्छ । यो नै मानिसको मूल धर्म अर्थात् सनातन धर्म हो । हिन्दू धर्म होइन, जिउने एक पद्धति मात्र हो ।

    विश्वका १९५ राष्ट्रहरु एकैसाथ एउटै आकाशमुनि अटाएका छन्, विश्वका ८ अर्ब मानिसहरु एउटै हावा, एउटै घाममा बाँचीरहेका छन् भने मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, बौद्ध विहार आदि एउटै छानो मुनि किन अटाउन नसक्ने ? धर्मलाई नबुझि नीति बनाउने, टिकाटिप्पणी वा तर्क प्रस्तुत गर्ने जस्ता अल्पज्ञ आडम्बरीहरुकै कारण आज देश र समाज हिंसाको शिकार बनेको छ र यो अवस्था आउने दिनहरुमा झन् बिग्रँदै जाने देखिन्छ । यसलाई रोक्न सकिन्छ । एकमात्र उपाय हो ‘एक धर्मको अवधारणालाई आत्मसात् गर्नु’ । ज्ञानी मानिस अधिकार, सम्पन्नता र सफलता पाएर मात्दैन, मात्यो भने लामो समय बाँच्दैन ।

     

    प्रकाशित : शुक्रबार, १३ पुष २०८० , ०१:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend